पोखरा सेती नदीमा वेवारिसे शव फेला, बायाँ पाखुरामा लिजा लेखिएको महिलाको तस्वीरसहितको ट्याटु

पाेखरा | मंसिर २९, २०८०

पोखरा सेती नदीमा वेवारिसे शव फेला, बायाँ पाखुरामा लिजा लेखिएको महिलाको तस्वीरसहितको ट्याटु

पोखरा:  पोखरा रामघाटस्थित सेती नदीमा वेवारिसे अवस्थामा पुरुष जस्तो देखिने एक व्यक्तिको शव फेला परेको छ । प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे शव फेला पारेको हो । 


पोखरा महानगरपालिका १० रामघाटस्थित सेती नदीको बिचमा रहेको ढुङ्गामा अन्दाजी २५ वर्षीय जस्तो देखिने सडेगलेको अवस्थामा वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्हरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । 


सेती नदीमा वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शवको बायाँ पाखुरामा म्याइ लाइफ लेखि महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा लिजा लेखिएको ट्याटुको चिन्ह रहेको कास्की प्रहरीले जनाएको छ । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्